Mon Jan 17 2022
मुख्य खबर

२९१ जना कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार गरिदै

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २९१ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको सोमबारको तथ्यांक अनुसार देशभर हाल २२५ कोरोना संक्रमितको आईसीयूमा र ६६ को भेन्टिलेटरमा गरी कुल २९१ जना उपचाररत छन् ।

प्रदेश १ मा २३ जना आईसीयूमा र १३ जना भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा २ जना आईसीयूमा उपचाररत छन् भने बागमती प्रदेशमा ११९ जना आईसीयूमा र ४० जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा ५९ जना आईसीयूमा र १२ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा २० जना आईसीयूमा उपचारत रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशमा २ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्याङ्क छ ।