जोडिनुहोस
  • होमपेज
  • भारतबाट दूध आयात गरेर किसानलाई मार्ने खेल भयो : निशा डाँगी

भारतबाट दूध आयात गरेर  किसानलाई मार्ने खेल भयो : निशा डाँगी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले भारतबाट दूध आयात गर्ने चलखेल भएको टिप्पणी गरेकी छन् । देशमै उत्पादन भएको ८५ प्रतिशत दूध बिक्री नभएको अवस्थामा उल्टै भारतबाट दूध आयात गर्नु ठिक नभएको बताइन् ।

‘सहरी क्षेत्रमा दूधको अभाव भयो भनेर एक लाख ५० हजार लिटर बढी दूध भारतबाट आयात गर्ने चलखेल भयो । भारतबाट दूध आयात गरी किसानलाई मार्ने खेल भइरहेको छ’ डाँगीले भनिन्, ‘देशमा उत्पादन भएको ८५ प्रतिशत दूधले बजार पाउन सकेको छैन । किसानलाई निरुत्साहित हुने यस्ता खेल बन्द हुनुपर्छ ।’

किसानको गोठमा गाई भैँसी भए पनि सहरी क्षेत्रमा दूधको अभाव भयो भनेर भारतबाट दूध ल्याउन लागिएको डाँगीले बताइन् । किसान मार्ने खेल नगर्न राज्यसँग उनले आग्रह गरिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका