Sun Jan 16 2022
आर्थिक

सेयर बजारमा उच्च अंकको वृद्धि, ५ अर्ब ५२ करोड बराबरको कारोबार

काठमाडौं । मंगलबार सेयर बजारमा उच्च अंकको वृद्धि देखिएको छ । सोमबार दोहोरो अंकको वृद्धि देखिएको बजारमा आज मंगलबार उच्च अंकको वृद्धि देखिएको हो ।

नेपाल स्टक एक्सचेन्ज नेप्से०का अनुसार सेयर कारोबार मापक नेप्से परिसूचक ६९.२२ अंकले बढेर २७८.५८ बिन्दुमा पुगेको छ । आज नेप्से २.५५ प्रतिशतले बढेको छ ।

त्यसैगरी, ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि १४.९२ अंकले बढेर ५२१.४६ बिन्दुमा पुगेको छ ।

आज कुल २२७ कम्पनीको एक करोड ९३ हजार २२१ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ५२ करोड १६ लाख ५० हजार ८५६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज कुल १३ उपसमूहमा १३ वटै समूहको सेयर मूल्य बढेको छ । आज हाइड्रोपावर समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज यो समूहको सेयर मूल्य ५.३९ प्रतिशतले बढेको छ । त्यसैगरी, फाइनान्स समूहको सेयर मूल्य ३.२१ प्रतिशतले बढेको छ ।

आज ६ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मंगलबार नेपाल बंगलादेश बैंक, नेपाल टेलिकम, महालक्ष्मी विकास बैंक, पन्चकन्या माई हाइड्रोपावर, अप्पर तामाकोशी हाइड्रोपावर र मैलुङखोला जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

पछिल्लो समय प्रायजसो बजार घटिरहेको अवस्थामा आज बजारमा उच्च अंकको वृद्धि हुँदा लगानीकर्ताहरु उत्साहित भएका छन् ।