काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३७७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १७ हजार ६७२ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार १७४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाभाइरसबाट हालसम्म ११ हजार ४८२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
सोहि अवधिमा १७० जनाले कोरोनालाइ जितेका छन् । संक्रमितमध्ये ७ लाख ९८ हजार ७१४ निको भएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमित ७ हजार ४७६ जना रहेका छन् ।