Wed Aug 10 2022
आर्थिक

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा रेमिट्यान्स ७.६ प्रतिशत घट्यो

काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनामा रेमिट्यान्स ७.६ प्रतिशतले घटेको छ । मंगलबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुको आर्थिक अवस्थाले यस्तो देखाएको हो ।

यस अवधिसम्म २ खर्ब ३९ अर्ब ३२ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रिेमिट्यान्स १२.७ प्रतिशतले बढेको थियो । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण० लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ६६,३१६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९६.८ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा उल्लेख्य रुपमा वृद्धि भई ३४,८२३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७८.६ प्रतिशतले घटेको थियो ।