काठमाडौं । मंगलबार काठमाडौं उपत्यकामा थप १४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार काठमाडौंमा १०१, ललितपुरमा ३३ र भक्तपुरमा ११ संक्रमित थपिएका हुन्।
उपत्यकामा हाल १५६५ जना सक्रिय संक्रमित छन्। काठमाडौंमा ५३६, भक्तपुरमा ४७६ र ललितपुरमा ५५३ सक्रिय संक्रमित छन्।