जोडिनुहोस
  • होमपेज
  • उज्वेकिस्तानको विजयी सुरुआत

उज्वेकिस्तानको विजयी सुरुआत

काठमाडौं । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा उज्वेकिस्तानले विजयी सुरुआत गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)को विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सुरु प्रतियोगितामा उज्वेकिस्तानले श्रीलंकालाई ३-० को साझो सेटमा पराजित गरेको हो ।

२७-२५,२५-२० र २५-१४ ले तीन सेट नै आफ्नो पक्षमा पार्दै उज्वेकिस्तानले जित हात पारेको हो ।

प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजाकिस्तानको सहभागिता रहेको छ ।

समूह ‘ए’ मा घरेलु टोली नेपाल सहित भारत, बंगलादेश र किर्गिस्तान छन् । समूह ‘बी’ मा श्रीलंका, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान रहेका छन् ।

नेपालले आज सोमबार किर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । आजको तेस्रो खेलमा नेपाल र किर्गिस्तानबीचको साँढे ४ बजे सुरु हुनेछ ।

यस्तै आज कै दोस्रो खेलमा बंगालदेश र भारत तथा अन्तिम खेलमा माल्दिभ्स र काजकिस्तानबीच खेल हुनेछ ।

प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो खेल जेठ ९ गते बंगलादेशसँग र तेस्रो खेल जेठ १० गते भारतसँग खेल्नेछ ।

राउन्ड रोविन लिग पछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरीयताका लागि प्रतिस्पर्धा गर्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका