Mon Jan 17 2022
मुख्य खबर

प्रमुख तीन दल महाधिवेशनमा होमिए

प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रलाई नेतृत्व चयनका लागि महाधिवेशनमा जुटेका छन् ।

एमालेले मंसिर १०–१२ चितवनमा र काँग्रेसले मंसिर २४–२६ काठमाडौंमा महाधिवेशन गर्दैछ भने माओवादी केन्द्रले चाहिँ पुस ११–१३ गते काठमाडौंमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ ।

राजनीतिक विश्लेषक कृष्ण पोखरेल अधिवेशन गर्नुले पार्टीलाई नयाँ ऊर्जा दिने बताउँछन् । तर, नेतृत्व चयन गर्दैगर्दा राजनीतिक दलले आफूले अँगालेको विचारबारे खुला रुपमा बहस तथा छलफल गर्न भने छाडेको उनले बताए ।

यो समाचार राजधानी दैनिकमा छ ।