Wed Jan 19 2022
अन्तर्राष्ट्रिय

प्रदूषण नियन्त्रणको प्रयासमा दिल्ली सरकार, लकडाउन गर्ने प्रस्ताव

एजेन्सी । भारतको दिल्ली सरकारले प्रदूषण नियन्त्रण गर्न एक हप्ता घरबाट काम गर्ने र सप्ताहन्तमा लकडाउन गर्ने प्रस्ताव गरेको छ ।

निर्माण र औद्योगिक गतिविधिमा प्रतिबन्ध लगाउन पनि सिफारिस गरिएको छ ।

संघीय सरकार र दिल्ली, पञ्जाब, हरियाणा र उत्तर प्रदेशका प्रतिनिधिहरू, सम्बन्धित सरोकारवालाहरूको आपतकालीन बैठकले यो निर्णय गरेको दिल्लीका वातावरणमन्त्री गोपाल राईले जानकारी दिए । यसअघि भारतको सर्वोच्च अदालतले दिल्लीको विषाक्त वायु संकटसँग लड्न आदेश दिएको थियो ।

अहिले त्यहाँका विद्यालयहरू बन्द छन् । नोभेम्बरको शुरुदेखि नै विषाक्त धुवाँसँग लडिरहेको दिल्लीले शनिबार आपतकालीन उपायहरू अपनाउँदै विद्यालयहरू बन्द गर्न र निर्माण कार्य चार दिनका लागि बन्द गर्न आग्रह गरेको थियो ।

भारतको राजधानी दिल्ली विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीमा परेको छ ।