Wed Jan 19 2022
मुख्य खबर

भाइरल सडकमा चहलपहल

पोखरा महानगरपालिको याम्दीदेखि घट्टेखोलासम्मको १२ किलोमिटर खण्डको सडक भाइरल सडकका रूपमा देखिन थालेको छ । राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्गको कास्की खण्डअन्तर्गत रहेको सो सडक निर्माण कार्य अन्तिम चरणमा पुगेपछि यसको सुन्दरताले सबैलाई मोहित बनाएको छ ।

सडक सौन्दर्यकरणको कामसमेत अन्तिम अवस्थामा पुगेपछि पोखराको सुन्दरतालाई सडकका साथ लिन थालिएको छ ।सराङकोटबाट समेत निकै फराकिलो देखिने सो सडक खण्डको फोटो खिच्न र टिकटक बनाउन याम्दी पुग्ने गरेका छन् ।

सडकबाट देखिने माछापुच्छ्रे सेती नदी र हेम्जा फाँटले पोख्रेलीसमेत मोहित भएका छन् भने पोखरा आउने जो कोही पनि रमाउने गरेका छन्। सडकको बीचमा लेन डिभाइडर बनाइएसँगै राजमार्गको यो खण्ड सुन्दर देखिएको हो। साथै सवारी आवागमनमा पनि निकै सहज भएको यात्रु मोहन गुरुङ बताउँछन् ।

छ लेनको सवारी चलाउँदा विदेश गएको अनुभूति भएको उनको भनाइ छ । सडक सौन्दर्यकरणको कामसँगै साइकल ल्यान्डलगायत फूल रोप्ने काम अझै बाँकी छ, तैपनि सडकको सुन्दरता आइसकेको भन्दै मध्यपहाडी राजमार्ग आयोजनाका सब–इन्जिनियर देवेन्द्र पोख्रेल बताउँछन् । गोरखापत्रमा खबर छ ।