जोडिनुहोस
  • होमपेज
  • गुजरातलाई हराउदै चेन्नाई फाइनलमा

गुजरातलाई हराउदै चेन्नाई फाइनलमा

काठमाडौं । साबिक विजेता गुजरात टाईटन्सलाई हराउदै चेन्नाई सुपर किंग्स दशौं पटक ईन्डियन प्रिमियर लिग(आइपीएल)को फाइनल प्रवेश गरेको छ ।

घरेलु मैदान एमए चिदम्बरम स्टेडियम चेपकमा चेन्नाई १५ रनले विजयी भएको हो । दशौं पटक आइपीएल फाइनल पुगेको चेन्नाई चार पटक आईपीएल च्याम्पियन भएको छ ।

चेन्नाईले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरको अन्तिम बलमा अलआउट हुदै १ सय ५७ रन बनायो ।

गुजरातका लागि ओपनर शुभमन गिलले ३८ बलमा ४ चौका र १ छक्काको सहयोगमा ४२ रन बनाए ।

राशिद खानले १६ बलमा ३ चौका र २ छक्का सहयोगमा ३० रन बनाए । विजय शंकरले १० बलमा १ छक्काको सहयोगमा १४ रन बनाए ।

गुजरातले तेस्रो ओभरको अन्तिम बलमा अर्का ओपनर ऋद्धिमान शाहलाई व्यक्तिगत १२ रनमा गुमाएको थियो । दाशुन शनकाले १६ बलमा १ चौका र १ छक्काको सहयोगमा १७ रन बनाए ।

गुजरातका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । १८ औं ओभरमा मथिशा पथिरानाको बलिङमा २ विकेट लिए पछि खेलमा चेन्नाईलाई फर्किएको थियो ।

१९ औं ओभरको दोस्रो बलमा तुसारदेश पान्डेले राशिद खानलाई आउट गराएसँगै चेन्नाईको जित लगभग पक्का गराएका थिए । निर्धारित २० ओभरको अन्तिम बलमा मथिशा पथिरानाले मोहम्मद सामीलाई आउट गरेसँगै खेल चेन्नाईले जित्यो ।

आइपीएलको ईतिहासमा गुजरात पहिलो पटक अलआउट भएको हो ।

चेन्नाईका लागि दीपक चहर, मथिशा पथिराना,रविन्द्र जडेजा र महेश थिक्सनाले समान २/२ तथा तुसारदेस पान्डेले १ विकेट आफ्नो नाममा गरे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनायो ।

चेन्नाईका ओपनर ऋतुराज गायकवाडले ४४ बलमा ७ चौका र १ छक्कासहित ६० रनको अर्धशतकीय ईनिङ खेले ।

ओपनर गायकवाडले ब्यक्तिगत दुई रनमा नै जीवनदान पाएका थिए । दोस्रो ओभरको तेस्रो बलमा तीव्र गतिका बलर दर्शन नालकंडेको बलमा शुभमन गिलबाट क्याच आउट भएपनि नो बलको कारण जीवनदान पाएका थिए ।

पहिलो विकेटका लागि ऋतुराज र अर्का ओपनर डेभाृेन कन्वेले ६३ बलमा ८७ रनको साझेदारी गर्दै राम्रो सुरुआतत दिलाएका थिए । कन्वेले ३४ बलमा ४ चौकाको सहयोगमा ४० रन बनाए ।

अजिंक्या रहाणे र अम्बाती रायुडू समान १७१७ रनमा आउट भए । कप्तान महेन्द्रसिंह धोनी एक रनमै क्याच आउट भए । रविन्द्र जडेजा १६ बलमा २ चौकासहित २२ रनमा शामीको बलमा बोल्ड भए । मोईन अली ४ बलमा १ छक्कासहित ९ रनमा अविजित रहे ।

गुजरातका मोहित शर्मा र मोहम्मद सामीले समान २/२ तथा नूर अहमद,दर्शन नालकंडे र राशिद खानले समान १/१ विकेट लिए ।

जितसँगै चेन्नाईले फाइनलमा स्थान बनाएको छ । फाइनल खेल आगामी आइतबार हुनेछ ।

पराजित गुजरातले फाइनल प्रवेशका लागि अर्को मौका पाउने छ । गुजरातले फाइनल प्रवेशका लागि बुधबार मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्सबीच हुने ईलिमिनेटर खेलको विजेतासँग शुक्रबार खेल्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका