Mon Jan 17 2022
खेलकुद

कतारविरुद्धको शृंखला ‘क्लिन स्विप’ गर्ने दाउमा नेपाल

काठमाडौँ– नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज बिहीबार घरेलु टोली कतारसँग अन्तिम तथा तेस्रो टी(ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गर्दै छ ।

दोहामा हुने तेस्रो खेल दिउँसो ३ः४५ बजे शुरू हुनेछ । घरेलु टिमविरुद्ध मैदान उत्रिँदै गर्दा भ्रमण टोली नेपाल पहिलो पटक शृंखला ‘क्लिन स्विप’ गर्ने दाउमा हुनेछ ।

तीन खेलको शृंखला नेपालले यसअघि नै २–० ले जितिसकेको छ । नेपाल तेस्रो खेलसमेत जित्दै शृंखला ३–० ले जित्न चाहन्छ । पहिलो खेलमा कतारलाई ११९ रन तथा दोस्रो खेलमा ६१ रनको जित निकालेको थियो ।

आईसीसी महिला टी–ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको टी–ट्वान्टी शृंखला खेलेको हो । यसपछि नेपाली टोली संयुक्त अरब इमिरेट्स प्रस्थान गर्नेछ ।

विश्वकप छनोट भने २२–२८ नोभेम्बरमा दुबईमा आयोजना हुनेछ ।