कस्तो छ तपाईंको दैनिकी हेर्नुहोस् राशिफल

कस्तो छ तपाईंको दैनिकी हेर्नुहोस् राशिफल
शुक्रबार, मंसिर ३, २०७८

आज २०७८ मंसिर ०३ गते शुक्रबार । दिन अनुसार दैनिक फल हुन्छ । के छ तपाईंको आजको राशिफल ।

मेष
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ ।

वृष
आज गरेका कामबाट राम्रै लाभ हुनेछ । मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

मिथुन
अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा पनि रहनेछ ।

कर्कट
आजको दिनमा प्रतिष्ठित काम गर्ने मौका छ । आत्मविश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

सिंह
बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । रोजगारको अवसर मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । समय उत्साहवर्द्धक नै रहला ।

कन्या
नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ ।

तुला
मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । मुद्दा मामिला आइलाग्न सक्छ, तर साँझमा शुभ समाचार पाइनेछ ।

वृश्चिक
मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । रमणीय र सुखद् यात्रा हुनेछ ।

धनु
आज आलस्य र थकानको अनुभूति हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । आर्थिक सङ्कटले पनि सताउन सक्छ ।

मकर
आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । छोटो दुरीको लाभदायक यात्रा पनि रहला ।

कुम्भ
महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । चिन्ता हटेर मन प्रसन्न रहला । घरमा अतिथिको आगमन हुनेछ । पढाइमा प्रगति पनि हुनेछ ।

मीन
नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काममा हात हाल्ने समय छ । व्यावसायिक क्षेत्र लाभप्रद रहनेछ ।