Fri Jan 21 2022
देश

रोल्पामा बस दुर्घटना, ४ जनाको मृत्यु

रोल्पा– रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् ।

दाङको घोराहीबाट रोल्पाको थवाङका जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस माडी गाउँपालिका २ मा दुर्घटना भएको हो । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुने ३ पुरुष र एक महिला छन् । घाइते १ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

बस शहीदमार्ग अन्तर्गत माडी गाउँपालिका वडा नम्बर २ जलजलामा दुर्घटनामा परेको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए ।

बस सडकदेखि करिब १०० फिट तल खसेको छ ।