Wed Jan 19 2022
आर्थिक

सुनको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य घटेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १०० रुपैयाँ घटेको छ । महासंघका अनुसार आज छापावाल सुन ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजावी सुन तोलाको ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि आज घटेको छ । तोलामा ५ रुपैयाँले घटेको चाँदी आज तोलामा १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ ।