Fri Jan 21 2022
देश

गण्डकी प्रदेशमा १२ जना कोरोना पुष्टि, १ जनाको मृत्यु

काठमाडौं । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १ जनाको मृत्यु भएको छ ।

प्रदेशमा ६२ जना संक्रमणमुक्त भएका छन् ।

१०७ जनामा गरिएको नमूना परीक्षणमा १८ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ७ महिला र ५ पुरुष रहेका छन् ।

प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्‍चालन केन्द्रका संयोजक नवराज शर्मामा अनुसार प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको हो ।

कास्की १०, तनहुँ १ र नवलपरासी पूर्वमा १ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८७ हजार ७५५ पुगेको छ ।

गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४०८ पुगेको छ ।

योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८६ हजार ११७ पुगेको छ भने होम आइसोलेसनमा १९१ जना रहेका छन् ।

सक्रिय संक्रमितको संख्या २३० पुगेको छ ।