Tue Jan 18 2022
मुख्य खबर

काठमाडौं उपत्यकामा १२० जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा १२० जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९१, ललितपुरमा १९ र भक्तपुरमा १० संक्रमित थपिएका छन्।

यस्तै काठमाडौं उपत्यकामा १ हजार ५९६ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५५९, ललितपुरमा ५६७, भक्तपुरमा ४७० सक्रिय संक्रमित छन्।