नेपाल आफैले गर्छ १४ सय मेगावाट भन्दा बढि विद्युत उत्पादन

घाटा बेहोर्दै आएको प्राधिकरण पछिल्लो बर्ष अर्बौ नाफा कमाउदै

नेपाल आफैले गर्छ १४ सय मेगावाट भन्दा बढि विद्युत उत्पादन
शुक्रबार, मंसिर ३, २०७८

पुष्कर खतिवडा, काठमाडौं । कुनै बेला १८ घण्टासम्म लोडसेडिगं हुने नेपालमा अहिले विद्युतको उत्पादनको तुलनामा खपत कम छ ।
खपत हुन नसकेको विद्युत नेपाल विद्युत प्राधिकरणले भारतलाई बेच्ने गरेको छ ।

अहिले नेपालले भारतलाई विद्युत बेच्दै आएको भएपनि मंसिर लागेसंगै नेपालमै विद्युतको खपत पहिलेको तुलनामा बढेको छ ।

कुनै बेला नेपालमा दैनिक १८ घण्टासम्म लोडसेडिङ्ग हुन्थ्यो । तर २०७३ सालको लक्ष्मी पूजाको दिनदेखि नेपालमा लोडसेडिङ्गको अघोषित अन्त्य भयो ।

अहिले नेपालका बिजुलीको कथा फेरिएको छ । यो ५ वर्षमा मुलुक लोडसेडिङको भयावह अवस्थाबाट इनर्जी स्पिल अर्थात विजुली खेर जानुको चुनौतीपूर्ण अवस्था तथा भारत बिजुली निर्यातको सुरुआत भएको गौरवपूर्ण अवस्थामा आइपुगेको छ ।

अहिले विद्युत उत्पादनको तुलनामा खपत कम छ । यस्तोमा नेपाल विद्युत प्राधिकरणले खपत हुन नसकेको विद्युत भारतलाई बेच्दै आएको छ ।

बर्षेनी अर्बाैको घाटा बेहोर्दै आएको प्राधिकरण पछिल्लो बर्ष अर्बौ नाफा कमाउदै आएको छ । अहिले नेपालले १४ सय मेगावाट भन्दा बढि विद्युत उत्पादन गरीरहेको छ ।

विद्युत प्राधिकरणको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा १ लाख २१ हजार ९ सय मेगावाट विद्युत् भारतको बिहार निर्यात भएको छ ।

यो अवधिमा नेपालले भारतबाट १ लाख ११ हजार ६ सय मेगावाट विद्युत आयात गरेको छ । मंसिर लागेसंगै नेपाली बजारमा विद्युतको खपत बढेको छ ।

नेपालका अन्य सरकारी संस्था बर्षौदेखि घाटामा चलिरहेका छन् । इच्छा शक्ति हुने हो भने नेपाल बिद्युत प्राधिकरण जस्तै अन्य सस्थालाई समेत नाफामा लैजान धेरै समय कुर्नु पर्ने थिएन ।

प्राधिकरणलाई मुनाफामा लान आपूर्ति र मागको व्यवस्थापनसंगै कर्मचारी र कुशल नेतृत्वका कारण सम्भव भएको प्राधिकरणको भनाइ छ ।

नेपालमा धेरै भएको बिजुली भारत निर्यात भएसंगै नेपालमा उर्जा क्षेत्रमा नयाँ युग सुरु भएको छ ।

अहिले प्राधिकरणले विद्युतको खपत बढाउन नागरीक तथा उद्योगीहरुलाई अपिल गरीरहेको छ ।

उद्योग विद्युत उपयोगको ठुलो स्रोत भएकाले सबै उद्योगले विद्युत पाएमा नेपालमा उत्पादिन विद्युतले देशभित्रै बजार पाउनेछ ।

यस्तै नागरीकका घरघरमा विद्युतीय चुल्हो, सिचाईं, सवारी लगायतका अन्य क्षेत्रमा पनि विद्युतको उपयोग बढाउन सकिन्छ ।