ग्रीस दुर्घटना, सातको मृत्यु

ग्रीस दुर्घटना, सातको मृत्यु
शनिबार, मंसिर ४, २०७८

एजेन्सी । ग्रीसको एक राजमार्गमा सवारी दुर्घटना ह“ुदा सात जनाको मृत्यु भएको छ ।

उत्तरी ग्रीसको राजमार्गमा रहेको एउटा टोल स्टेशनमा सवारी दुर्घटना हँुदा सात आप्रवासीको मृत्यु हुनुको साथै अन्य आठ घाइते भएको अन्तराष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

मृतकको राष्ट्रियताबारे जानकारी लिने काम भइरहेको छ । त्यस्तै, घाइते हुनेमा पाकिस्तान, अफगानिस्तान र नेपालका २ जना रहेका छन् ।

प्रारम्भिक अनुसन्धान अनुसार चालकले १४ अन्य शरणार्थीलाई अर्को देश लैजाँदै गरेको देखिएको छ ।

एसिया, मध्य पूर्व र अफ्रिकामा गरिबी र द्वन्द्वबाट भागेका मानिसहरूका लागि ग्रीस युरोपेली संघमा जाने सबैभन्दा सजिलो मार्गहरू मध्येको एक हो ।

गोप्य रूपमा ग्रीसमा प्रवेश गर्दै, शरणार्थीहरू टर्कीको तटबाट खतरनाक समुन्द्री मार्ग हुँदै युरोप प्रवेश गर्छन ।