Tue Jan 18 2022
मुख्य खबर

एकैदिन ४ सय ४४ जना संक्रमणमुक्त, निको हुनेदर ९७.७ प्रतिशत

काठमाडौं । नेपालमा थप २४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार २४२ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ७ हजार १३६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

४ हजार १४५ जनाको पिसिआर परीक्षण र २ हजार ९९१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

नेपालमा हाल ७ हजार ३०३ जना सक्रिय संक्रमित छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४९५ पुगेको छ।

४ सय ४४ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।