Tue Jan 18 2022
मुख्य खबर

भक्तपुरमा ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं । भक्तपुरमा ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका ५ छालिङ बस्ने २० वर्षीय नितेश दथेपुथेलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

नितेशले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।