जोडिनुहोस
  • होमपेज
  • ‘ए’ डिभिजन लिग : दुई खेल हुँदै

‘ए’ डिभिजन लिग : दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज आइतबार दुई खेलहरु हुँदैछन् ।

दोस्रो लेगको नवौं चरण अन्तर्गत आइतबार दुई खेलहरु हुनेछन् । जसमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।

च्यासल मैदानमा सातदोबाटो युथ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटो र एनआरटीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

सातदोबाटो आज नवौं जितको योजनामा हुनेछ । सातदोबाटो २१ खेलमा २९ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

एनआरटी सातौं जितको खोजीमा हुनेछ । एनआरटी २१ खेलमा २६ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

एन्फा कम्प्लेक्समा मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

मनाङ छैटौं जितको खोजीमा हुनेछ । मनाङ २१ खेलमा २५ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

थ्री स्टार सातौं जित निकाल्न चाहन्छ । थ्री स्टार २१ खेलमा २६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका