Wed Aug 17 2022
देश

नेपालमा पहिलोपटक समुदायस्तरीय घरदैलो नर्सिङ सेवा शुरु

काठमाडौं । सरकारले पहिलोपटक समुदायस्तरीय घरदैलो नर्सिङ सेवा शुरु गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य महाशाखाले भक्तपुर नगरपालिका र बर्दिवास नगरपालिकामा घरदैलो सेवा सञ्चालन गर्न लागेको हो ।

घरदैलो नर्सिङ सेवाको पूर्व तयारीस्वरुप सम्बन्धित जिल्लामा एक हप्ते अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको महाशाखाले जनाएको छ ।

भक्तपुर नगरपालिकामा प्रदेश सांसद प्रेम सुवालले कार्यक्रमको उद्घाटन गर्दै यस कार्यक्रमलाई वैज्ञानिक र प्रविधिमैत्री बनाई स्थानीय भाषामा स्थानीय नागरिकहरूसँग कुरा गर्न आग्रह गरेका छन् ।

सरकारले स्वास्थ्य बिमा कार्यक्रम लागू गरे पनि आवश्यक रकम भुक्तानी नभएको र दीर्घरोगीहरुलाई वितरण गर्ने औषधिमा मनपरितन्त्र लागू भएको आरोप लगाउदै सो प्रवृत्ति अन्त्य गर्न अनुगमन गर्न समेत गरेको बताएका छन् ।