थप ३८५ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

थप ३८५ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु
सोमवार, मंसिर ६, २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा ३८५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । भने ४ जनाको मृत्यु भएको छ ।

१२ हजार ६९७ जनामा नमुना परीक्षण गर्दा ३८५ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।

यससँगै देशभर पीसीआर विधिबाट भएको परीक्षणमा जम्मा ८ लाख १९ हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ३३२ जनामा पुष्टि भएको छ । संक्रमितमध्ये हालसम्म ८ लाख ६१७ जना संक्रमणमुक्त भएका छन् ।

हाल निको हुनेको संख्या ९७।७ प्रतिशत रहेको छ भने देशभर ७ हजार २६९ जना सक्रिय संक्रमित रहेका छन् ।