Sun Jan 16 2022
मुख्य खबर

अब सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोकिने

काठमाडौं । सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेसी तोक्नेसम्बन्धी कानुन राजपत्रमा प्रकाशित भएको छ ।

मंसिर २ गते बसेको फुलकोर्टको बैठकले गोलाप्रथाबाट पेसी तोक्ने विधान पारित गरेको थियो । आज उक्त कानुन राजपत्रमा प्रकाशित भएको हो ।

राजपत्रमा प्रकाशित भइ कानुनी मान्यता पाएपछि अब सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोकिनेछ । फुलकोर्ट बैठकले निर्णय गरेपनि राजपत्रमा प्रकाशित नभएको भन्दै उक्त कानुन पास हुने नहुनेमा शंका गरिएको थियो ।

गोला प्रथाबाट बृहत पूर्ण र पूर्ण, एक न्यायाधीशको इजलास र संयुक्त इजलास गठन हुने बताइएको छ ।