जोडिनुहोस
  • होमपेज
  • चुक्ता पुँजी ३ अर्ब पुर्याउँदै नेप्से

चुक्ता पुँजी ३ अर्ब पुर्याउँदै नेप्से

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले २ अर्ब रुपैयाँ बराबरको चुक्ता पूँजी थप्ने भएको छ । हाल १ अर्ब रुपैयाँ चुक्ता पूँजी भएको नेप्सेले त्यसलाई बढाएर ३ अर्ब रुपैयाँ कायम गर्ने भएको हो । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ स्टक एक्सचेन्ज भित्र्याउन धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ दोस्रोपटक संशोधन गर्दै स्टक एक्सचेन्जका लागि ३ अर्ब रुपैयाँ चुक्ता पूँजी हुनुपर्ने व्यवस्था गरेको छ ।

उक्त कुल पूँजीमा स्टक एक्सचेन्जका एक शेयरधनीले बढीमा १५ प्रतिशत मात्र शेयर ग्रहण गर्न सक्ने, सञ्चालनको २ वर्षभित्र कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्नुपर्ने र स्टक एक्सचेन्जले प्रयोग गर्ने कारोबार प्रणाली विदेशका कम्तीमा तीन स्टक एक्सचेन्जमा प्रयोग गरेको हुनुपर्ने व्यवस्था नियमावलीमा छ । बोर्डले धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ दोस्रो संशोधन गत भदौ २६ गतेदेखि लागू गरेको हो ।

संशोधित नियमावली लागू हुनुअगावै सञ्चालनमा रहेको नेप्सेलाई उक्त व्यवस्था अनिवार्य नभए पनि प्रतिस्पर्धी बन्न पूँजी बढाउनुपर्ने आवश्यकता देखिएको नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीको भनाइ छ ।

हालसम्म प्राप्त गरेको वित्तीय तथा प्राविधिक सफलतालाई कायम राखी नयाँ उपकरण तथा प्रविधिका साथ अघि बढे प्रतिस्पर्धी बजार सञ्चालक बन्न सकिने विश्वास नेप्सेको छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका