जोडिनुहोस
  • होमपेज
  • मलेसियाविरुद्ध नेपाल ५० रनमा अलआउट

मलेसियाविरुद्ध नेपाल ५० रनमा अलआउट

काठमाडौं । नेपालले मलेसियालाई पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज अन्तर्गतको पहिलो खेलमा ५१ रनको लक्ष्य दिएको छ । वाइएसडी यूकेएम ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल १६ दशमलब ५ ओभरमा ५० रन बनाउँदै अलआउट भयो ।

नेपालको लागि डेब्यू खेल खेलेकी सम्झना खड्काले सर्वाधिक १३ रन बनाइन् । ज्योती पान्डेले ११ रन बनाउँदा नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

मलेसियाका लागि नीर नुर अतिलाले ३ तथा ऐश्या एलिसा, हमिजाह र महिराह इश्लामीले समान २/२ विकेट लिइन् ।

११ महिना पछि अन्तराष्ट्रिय क्रिकेट खेल्न लागेको नेपाली टोली जितका साथ सिरिजको सुरुआत गर्न चाहान्छ । पछिल्लो समय लयमा रहेको मलेसिया नेपालविरुद्धको ऐतिहासिक जितको खोजीमा रहेको छ ।

टी-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपाल र मलेसियाको टोली हालसम्म तीन पटक आमने सामने भएका छन् । तीनै खेलमा नेपाली टोली अपराजित रहेको छ ।

दोस्रो खेल मे ३० मा खेल्दा जुन १ मा तेस्रो खेल रहेको छ । जुन ३ मा चौथो र जुन ४ मा पाँचौ तथा अन्तिम खेल रहेको छ ।

पछिल्लो पटक नेपालले मलेसियामा नै गत बर्षको जुन १७ देखि २५ सम्म आयोजना भएको एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप खेलेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका