जोडिनुहोस

अन्तर्राष्ट्रिय

मलेसियासँग नेपालको हार

  • Sagarmatha TV
  • सोमवार, जेष्ठ १५, २०८०
मलेसियासँग नेपालको हार

काठमाडौं । मलेसियाले पहिलो टी-ट्वान्टी अन्तराष्ट्रियमा नेपाललाई पराजित गरेको छ । वाइएसडी यूकेएम ओभलमा सोमबार भएको खेलमा मलेसिया ५ विकेटले विजयी भएको हो ।

जितसँगै मलेसियाले पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा १-० को अग्रता लिएको छ । नेपाली महिला टोलीले पहिलो पटक मलेसियासँग हार व्यहोरेको हो ।

यस अघि मलेसियासँग भएका तीन टी-ट्वान्टी अन्तराष्ट्रियमा नेपाल अपराजित रहेको थियो । नेपालले दिएको ५१ रनको लक्ष्य मलेसियाले १३ दशमलब २ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

मलेसियाका लागि वान जुलियाले सर्वाधिक १३ रन बनाईन् । हमिजाहले अविजित १२ रन बनाईन् । इना नजवा ८ रनमा अविजित रहिन् ।

नेपालका लागि कप्तान रुबिना क्षेत्री र सीता राना मगरले समान २/२ तथा कविता कुँवरले १ विकेट आफ्नो नाम गरिन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल १६ दशमलब ५ ओभरमा ५० रन बनाउँदै अलआउट भयो ।

नेपालको लागि डेब्यू खेल खेलेकी सम्झना खड्काले सर्वाधिक १३ रन बनाइन् । ज्योती पान्डेले ११ रन बनाउँदा नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

मलेसियाका लागि नीर नुर अतिलाले ३ तथा ऐश्या एलिसा, हमिजाह र महिराह इश्लामीले समान २/२ विकेट लिइन् ।

नेपालका लागि मलेसियाविरुद्धको पहिलो खेलमा किर्तिका मरासिनी र सम्झना खड्काले डेब्यु गरेकी थिईन् ।

मलेसियासँग नेपालका दोस्रो खेल मे ३० अर्थात मंगलबार रहेको छ । जुन १ मा तेस्रो, जुन ३ मा चौथो र जुन ४ मा पाँचौ तथा अन्तिम खेल रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका