बुल्गेरिया बस दुर्घटना : १२ बालबालिकासहित कम्तीमा ४६ को मृत्यु

बुल्गेरिया बस दुर्घटना : १२ बालबालिकासहित कम्तीमा ४६ को मृत्यु
बुधबार, मंसिर ८, २०७८

बुल्गेरियामा बस दुर्घटना हुँदा ४६ जनाको मृत्यु भएको छ ।
पश्चिमी बुल्गेरियामा एक बस दुर्घटना र आगलागी हुँदा १२ बालबालिकासहित कम्तीमा ४६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । बसबाट भागेका सातजनालाई जलेको अवस्थामा अस्पताल भर्ना गरिएको छ । घाइतेको अवस्था गम्भिर रहेका कारण मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । बुल्गेरियाका अन्तरिम प्रधानमन्त्री स्टीफन यानेभले घटनालाई निकै दुखद घटना भएको बताएका छन् । यस्तै, गृहमन्त्री बोयको रसकोभले बसमा लागेको आगो भयानक भएकोले त्यसमा सवार अधिकांश मानिस जलेको बताए । उनले दुर्घटनाका ज्यादै डरलाग्दो भएको जनाएका छन् ।


आगलागीका कारणबारे अनुसन्धान भइरहेको छ । यद्यपी बुल्गेरियन इन्भेस्टीगेटिभ सर्भिसका प्रमुख बोरिस्लाव सराफोभले चालकको त्रुटि वा चालकको प्राविधिक गल्तीले दुर्घटना भएको हुनसक्ने बताएकाछन् ।