Mon Jan 17 2022
मुख्य खबर

रसुवामा टाटासुमोको ठक्करबाट एक बालिकाको मृत्यु

रसुवा – पासाङल्हामु राजमार्गअन्तर्गत ठाडे क्षेत्रमा सवारी दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ ।

काठमाडौँबाट धुञ्चेतर्फ आउँदै गरेको ना१ज ६१७६ नंको यात्रुवाहक टाटा सुमोले हिँडिरहेको अवस्थामा मङ्गलबार साँझ ठक्कर दिँदा गोसाइँकुण्ड गाउँपालिका–६ ठाडेकी चार वर्षीया बालिका नैना घलेको मृत्यु भएको प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले जानकारी दिए ।

गोसाइँकुण्ड गापा–६ का ३० वर्षीया उर्जा घले र आठ वर्षीय करण धले सुमोको ठक्करबाट गम्भीर घाइते भएका छन् । उनीहरूको काठमाडौँको धापासीस्थित ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।

पैदलयात्रीलाई ठक्कर दिइ जिप राजमार्गभन्दा करिब ५० मिटर तल खसेको थियो । जिपमा चार जना सवार थिए । आमाछोदिङ्मो गापा–५ ब्राजमका जिप चालक ३० वर्षीय छिरिङदोर्जे तामाङ र वडा नं २ ग्रेगाउँका ३१ वर्षीय निमादोर्जे तामाङको नुवाकोटस्थित त्रिशूली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।