बुल्गेरियामा यात्रु बस दुर्घटनाहुँदा १२ बालबालिकासहित ४६ को मृत्यु

बुल्गेरियामा यात्रु बस दुर्घटनाहुँदा १२ बालबालिकासहित ४६ को मृत्यु
बुधबार, मंसिर ८, २०७८

एजेन्सी । बुल्गेरियामा बस दुर्घटना हुँदा ४६ जनाको मृत्यु भएको छ ।

पश्चिमी बुल्गेरियामा बस दुर्घटना र आगलागी हुँदा १२ बालबालिकासहित ४६ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन । बसबाट भागेका सात जनालाई जलेको अवस्थामा अस्पताल भर्ना गरिएको छ ।

घाइतेको अवस्था गम्भिर रहेका कारण मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । बुल्गेरियाका अन्तरिम प्रधानमन्त्री स्टीफन यानेभले घटनालाई निकै दुखद घटना भएको बताएका छन् । यस्तै, गृहमन्त्री बोयको रसकोभले बसमा लागेको आगो भयानक भएकोले त्यसमा सवार अधिकांश मानिस जलेको बताए । उनले दुर्घटनाका ज्यादै डरलाग्दो भएको जनाएका छन् ।

आगलागीका कारणबारे अनुसन्धान भइरहेको छ । यद्यपी बुल्गेरियन इन्भेस्टीगेटिभ सर्भिसका प्रमुख बोरिस्लाव सराफोभले चालकको त्रुटि वा चालकको प्राविधिक गल्तीले दुर्घटना भएको हुनसक्ने बताएका छन् ।