Tue Jan 25 2022
मुख्य खबर

पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

पाँचथर– पाँचथरको याङवरक गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पुष्पलाल ९मध्यपहाडी० राजमार्गअन्तर्गत चिवाभञ्ज्याङबाट च्याङथापूतर्फ आउँदै गरेको प्र १–०१–००१ त ९५६२ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल झरेको थयो ।

उक्त दुर्घटनामा ट्याक्टर चालक याङवरक गाउँपालिका९२ का ३३ वर्षीय नवराज बेघाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।