Tue Dec 6 2022
मुख्य खबर

अन्तर व्यवस्थापिका संघको सम्मेलनमा भाग लिन सभामुख स्पेन प्रस्थान

अन्तर व्यवस्थापिका संघ (आईपीयू) १४३औँ सम्मेलनमा सहभागी हुन सभामुख अग्निप्रसाद सापकोटा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार स्पेन प्रस्थान गरेका छन् ।

सापकोटासहितको प्रतिनिधिमण्डल बुधवार बेलुका ८:५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट त्यस तर्फ प्रस्थान गरेको हो । सभामुख नेतृत्वको नेपाली संसदीय प्रतिनिधिमण्डलमा प्रतिनिधिसभा सदस्य देव प्रसाद गुरुङ, लक्ष्मी कुमारी चौधरी तथा राष्ट्रिय सभा सदस्य प्रमीला कुमारी र अगमप्रसाद वान्तवा राई छन् ।

यसैगरी प्रतिनिधिमण्डलमा संघीय संसदका महासचिव डा. भरतराज गौतम, प्रतिनिधसभाका सचिव गोपालनाथ योगी, सभामुखका प्रमुख स्वकीय सचिव अर्जुन खत्री के.सी, कम्प्युटर अधिकृत सुरेशराज सेढाईँ र स्पेनस्थित नेपाली राजदूतावसका कार्यवाहक राजदूत अर्जुन अधिकारी सहभागी छन् ।