फ्रान्सबाट बेलायततर्फ जाने क्रममा डुङ्गा पल्टदा ३१ जनाको ज्यान गएको छ ।
उत्तरी बन्दरगाह क्यालेसमा डुङ्गा पल्टदा ३१ आप्रवासीको डुबेर मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएकाछन् ।
फ्रान्सेली गृह मन्त्रालयका अनुसार दुर्घटना भएको जानकारीपछि जहाज घटनास्थलमा पठाएर उद्धार गरिएको छ ।
धेरै मानिस पानीमा बेहोस अवस्थामा भेटिएको जनाइएको छ ।
अधिकारीहरूले खोजी अभियानमा तीन हेलिकप्टर र तीनवटा डुङ्गा परिचालन गरिएको बताएकाछन् ।
फ्रान्सेली अधिकारीहरुका अनुसार यो वर्षको सुरुदेखि अहिलेसम्म ३१ हजार ५ सय मानिसले बेलायत जाने प्रयास गरेका छन् ।
जसमध्ये ७ हजार ८ सय जनाको उद्धार गरिएको छ । यो संख्या अगस्टदेखि दोब्बर भएको छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले यस घटनाबाट आफू आतंकित भएको बताउँदै मानव तस्कर गर्ने गिरोहलाई रोक्न बेलायतले कुनै कसर बाँकी नराख्ने बताएकाछन् ।