उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना

उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना
बिहिबार, मंसिर ९, २०७८

आज देशका उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना छ ।

देशको पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राती प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।