थप ३०८ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

२९८ जना सङ्क्रमणमुक्त

थप ३०८ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु
बिहिबार, मंसिर ९, २०७८

काठमाडौं । आज देशभर थप ३०८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । भने ३ जनाको मृत्यु भएको छ ।

यही अवधिमा २९८ जना सङ्क्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ९०९ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २८१ र एन्टिजेन विधिबाट २७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख १ हजार ४२० जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

नेपालमा निको हुने दर ९७।७ प्रतिशत रहेको छ । हाल देशभर ७ हजार ३४९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

हालसम्म देशभर ११ हजार ५१६ जनाले ज्यान गुमाइसकेका छन् । हालसम्म १ करोड ७५ लाख २१ हजार ५२३ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ ।

यसमध्ये ८१ लाख ५३ हजार ७३४ जनाले पूर्ण मात्रा र ९३ लाख ६७ हजार ७८९ जनाले कम्तीमा एक मात्रा खोप लगाएकोो मन्त्रालयको भनाइ छ ।

पछिल्लो २४ घण्टामा १ लाख ७७ हजार ८८४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।