नेपाल यूएई विजनेश काउन्सिल स्थापना

नेपाल यूएई विजनेश काउन्सिल स्थापना
बिहिबार, मंसिर ९, २०७८

एजेन्सी । युएईमा व्यापार विस्तार गर्ने गरी नेपाल यूएई विजनेश काउन्सिल स्थापना भएको छ ।

सीईओ क्वल ग्लोबल नेपाल र सेन्टर फर डिप्लोमेटिक डाइलग सेडिटले यूएईको दुतावाससँगको सहकार्यमा काउन्सिल स्थापना गरिएको ग्लोबल नेपालले बताएको छ ।

यूएई विजनेश काउन्सिलले यूएईमा नेपालबाट कस्तो व्यापार विस्तार गर्न र यूएईबाट नेपालमा कुन कुन क्षेत्रमा लगानी भित्र्याउ सकिन्छ ? त्यसको योजना काउन्सिलले बनाउने बताइएको छ ।

काउन्सिलका यूएईमा भएका सदस्यहरुले यूएईमा व्यापार विस्तार गर्ने र नेपालबाट विदेशमा लगानी गर्ने कानुन नभए पनि नेपालीको योजनाको सम्भावना खोजी गर्ने काम गर्ने छ ।

काउन्सिलले नेपाल र यूएईमा बस्तु आयात तथा निर्यात मात्रै नगरेर लगानी र मेगा प्रोजेक्टका योजनाहरु पनि बनाउने तयारी गर्ने बताइएको छ ।