सोमालियामा शक्तिशाली विस्फोट, विद्यार्थीसहित ८ को मृत्यु

सोमालियामा शक्तिशाली विस्फोट, विद्यार्थीसहित ८ को मृत्यु
शुक्रबार, मंसिर १०, २०७८

सोमालियामा भएको शक्तिशाली विस्फोटमा परि आठ जनाको मृत्यु भएको छ ।
सोमालियाको राजधानी मोगादिसुको एक विद्यालय नजिकै बिहीबार भएको शक्तिशाली विस्फोटमा विद्यार्थीसहित कम्तीमा आठ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएकाछन् ।

प्रहरी प्रवक्ताले बम विष्फोटमा अन्य १७ जना घाइते भएका र उनीहरुलाई अस्पताल लगिएको बताएकाछन् । आक्रमणको जिम्मा आतंकवादी संगठन अल–शबाबले लिएको छ ।

विष्फोटबाट विद्यालयमा ठूलो क्षति पुगेको छ ।
अल–कायदासँग सम्बद्ध अल–शबाब समूहले सोमालियाको ठूलो भागलाई नियन्त्रणमा राखेको छ र अफ्रिकामा तीन दशकदेखिको पुनर्निर्माण प्रयासहरूलाई विफल पारिरहेको छ ।