मुम्बई आक्रमणको १३ वर्ष पूरा, के थियो घटना ?

मुम्बई आक्रमणको १३ वर्ष पूरा, के थियो घटना ?
शुक्रबार, मंसिर १०, २०७८

एजेन्सी– मुम्बईमा २६ नोभेम्बर २००८ मा भएको आक्रमणको १३ वर्ष पूरा भएको छ । ताजमहल प्यालेस होटल, नरिमन हाउस, मेट्रो सिनेमा, छत्रपति शिवाजी टर्मिनस लगायतका स्थानमा भएका आक्रमणमा १५ देशका १६६ जनाको मृत्यु भएको थियो ।

आक्रमणमा संलग्न १० आतंककारीहरू अजमल अमीर, अबु इस्माइल डेरा, हाफिज अरशद, बाबर इमरान, जावेद, शोएब, नाजिर अहमद, नसिर, अब्दुल रहमान, फहदुल्लाह र अजमल कसाब रहेका थिए ।

जसमा ९ आतंककारी मारिए र कसब मात्र जिउँदै समातिए । मुम्बईमा रहेको यहूदीहरूको नरिमन हाउस आतङ्ककारीको मुख्य निशाना थियो । यस घटनाको व्यापक रूपमा विश्वव्यापी निन्दा भएको थियो ।

आतंककारीहरूले ताज, ओबेरोय र नरिमन हाउसमा धेरै मानिसहरूलाई नियन्त्रणमा लिएका थिए । ६० घण्टाको अपरेशनपछि सुरक्षा बलले आतंककारीहरूलाई मारेको थियो ।