२३८ जना कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार गरिदै

२३८ जना कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार गरिदै
शुक्रबार, मंसिर १०, २०७८

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३८ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर १९७ कोरोना संक्रमितको आईसीयूमा र ४१ को भेन्टिलेटरमा गरी कुल ३८ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ३२ जना आईसीयूमा र १४ जना भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा ३ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा १०० जना आईसीयूमा र १८ जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा ३६ जना आईसीयूमा र ९ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा २२ जना आईसीयूमा उपचाररत छन् ।सुदुरपश्चिममा ४ जना आईसीयूमा उपचाररत छन् ।