Mon Jan 24 2022
मुख्य खबर

एक लाख ९४ हजार अवैध अमेरिकी डलरसहित एक जना पक्राउ

पर्वत । प्रहरीले पोखराबाट एक लाख ९४ हजार २ सय अवैध अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले शनिबार मुस्ताङ लो–घेकर दामोदरकुण्ड गाउँपालिका १ घर भएका ४४ वर्षीय छिरिङ डुन्डु गुरुङलाई पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको छ।