Tue Jan 18 2022
मुख्य खबर

आजको मौसम पूर्वानुमानः ४ प्रदेशमा हिमपात

काठमाडौँ – नेपालको पूर्वी भू–भागमा बंगलादेशको आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै आगामी २४ घण्टामा प्रदेश नं १, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको र देशभर चिसो वढ्ने क्रममा रहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध छ ।

हेर्नुहोस् आगामी तीन दिनको मौसम पूर्वानुमान