जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किदै

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किदै छन् ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतकी राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गरेका थिए । यसैगरी प्रधानमन्त्री प्रचण्डले जेठ १८ गते भारतका प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा शुरुमा वान टू वान र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय वार्ता गरेका थिए ।

वार्तापछि दुबै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गरेका थिए । त्यसपछि भारतका प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले संयुक्तरुपमा आयोजना गर्ने नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्नाका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया समेत गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले भारतका लागि नेपाली राजदूत शङ्करप्रसाद शर्माले आयोजना गर्ने स्वागत समारोहमा सहभागी भई भारतमा रहेका नेपाली समुदायसँग पनि कुराकानी समेत अग्रेका थिए ।

त्यस्तै भारत भ्रमणकै क्रममा प्रधानमन्त्री प्रचण्डले मध्यप्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गरेका थिए । उज्जैन भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले महाकालेश्वरको पूजाअर्चना गरेका थिए ।

सोहीक्रममा उनले नेपालबाट लगेको १०८ केजी रूद्राक्ष र ५१ हजार रूपैयाँ दान समेत गरे । पूजा गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री डा प्रकाशशरण महत पनि सहभागी भएका थिए । भारतको १२ ज्योतिर्लिङ मध्ये मशाकालेश्वर पनि एक हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका