जोडिनुहोस
  • होमपेज
  • भारतीय संसद्मा रहेको अखण्ड भारतको भित्तेचित्र राजनीतिक होइनः भारतीय विदेश मन्त्रालय (भिडियो)

भारतीय संसद्मा रहेको अखण्ड भारतको भित्तेचित्र राजनीतिक होइनः भारतीय विदेश मन्त्रालय (भिडियो)

काठमाडौं – भारतीय संसद्मा रहेको अखण्ड भारतको भित्तेचित्रलाई लिएर नेपालबाट उठेको विवादमा भारतले पहिलो पटक आधिकारिक जवाफ दिएको छ ।

भारतीय विदेश मन्त्रालयको साप्ताहिक पत्रकार सम्मेलनका क्रममा प्रवक्ता अरिन्दम बागचीले संसदमा राखिएको नक्साले अशोकको साम्राज्य विस्तार भएको देखाएको तर्क गर्नु भएको छ ।

भिडियो…

यी भित्तिचित्रहरूले अशोकको जिम्मेवार र जनताप्रति समर्पित शासनको वर्णन गरेको र भित्ते चित्र र त्यसको अगाडिको फलकले त्यही कुरा बताएको उहाँको दाबी छ । बागचीका अनुसार यो नक्सा राजनीतिक होइन ।

प्रवक्ता बागचीले नेपालसँगको औपचारिक वार्तामा समेत यस विषयमा कुनै कुरा नभएको बताउनु भएको छ । यसअघि पनि नेपालका धेरै राजनीतिक नेताहरूले भारतको भित्तेचित्र माथी प्रश्न उठाए पछि भारतको विदेश मन्त्रालयले आधिकारीक धारणा दिएको हो ।

भारतको नयाँ संसद भवनमा नेपालको कपिलवस्तु र लुम्बिनीलाई पनि चित्रण गरिएको छ । यसको नेपालमा विरोध भइरहेको छ । यस भित्तेचित्रमा पाकिस्तानको तक्षशिला र मानसेरालाई समेत समावेश गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका