Mon Jan 24 2022
मुख्य खबर

स्वास्थ्य मन्त्रालयले भन्यो – नेपालमा ओमिक्रोन भेरियन्ट देखिएको छैन तर सचेत रहनुस्

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्ट विदेशमा तीव्र गतिमा फैलिरहेको भन्दै अत्यावश्यक काम नपरी विदेश नजान अपिल गरेको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बुधबार विज्ञप्ति जारी गर्दै नेपालमा भने यो भेरियन्ट देखिनसकेको जनाएको छ। यद्यपि सावधानीस्वरूप अत्यावश्यक नपरी विदेश नजान अनुरोध गरेको हो।

कोभिड–१९ को ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न हुन तथा सावधानी अपनाउनुहुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अपिल गर्दछ, विज्ञप्तिमा भनिएको छ।

यो भेरियन्ट दक्षिण अफ्रिका तथा एशियाका केही मुलुकमा तीव्र गतिमा फैलिरहेको मन्त्रालयले जनाएको छ।

No description available.