Thu Jun 30 2022
मुख्य खबर

नेपालमा थप ३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ७२७ नमुना परिक्षण गरिएका मध्ये १० हजार ९१९ नमुना आरटी पिसिआर विधिबाट परिक्षण गरिएको थियो भने १८०८ जनामा एन्टिजेन परीक्षण गरिएको थियो ।

यसमध्य ३१६ नमुनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार पिसिआर विधिबाट २८५ र एन्टिजेन विधिबाट ३१ जनामा संक्रमण देखिएको हो । त्यस्तै, २५९ जना कोरोना मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा २ लाख २७ हजार ५८४ जनाले कोभिड विरुद्दको खोप लगाएका छन् । यसैगरी थप तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

अहिले देशभर ६ हजार ९५४ जना सक्रिय संक्रमित रहेका छन् । काठमाडौं उपत्यका भित्र १५० जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ११९, भक्तपरमा २ र ललितपुरमा २९ जनामा संक्रमण पुष्टि भएको छ ।