जोडिनुहोस
  • होमपेज
  • नेपालको भूमि विदेशीलाई बेच्ने अधिकार प्रधानमन्त्रीलाई छैन : योगेश भट्टराई

नेपालको भूमि विदेशीलाई बेच्ने अधिकार प्रधानमन्त्रीलाई छैन : योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपालको भूमी विदेशीलाई बेच्ने अधिकार संविधानमा नभएको बताएका छन् । उनले सोमबारको संसद बैठकमा लिपुलेकको जमिन भारतलाई दिने भनेर दिएको अभिव्यक्तिको प्रधानमन्त्रीसँग जवाफ समेत माग गरेका छन् ।

एमाले सचिव समेत रहेका सांसद योगेश भट्टराईले प्रधानमन्त्रीको भारत भ्रमणले समस्या समाधान नगरेको भन्दै त्यसक्रममा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको चर्को आलोचना गरे ।

‘हामीलाई चाहिएको थियो हवाइ मार्ग, २०१८ मा हामीले एउटा हस्ताक्षर गरेका थियौं । त्यसमा नेपालगञ्ज जनकपुर, भैरहवाको सम्झौता गरेका थियौ । आज किन भारत पछि हट्दैछ ?’, भट्टराईको प्रश्न छ । साथै उनले नेपाललाई दीर्घकालिन उmर्जा व्यापारमा सहमति चाहिएपनि पञ्चेश्वर लगायतमा किन ढिला भएको भनेर प्रश्न गरे ।

‘कालापानी, लिपुलेक लिम्पयाधुरा, कुनैपनि शर्तमा नेपालको संविधानले प्रधानमन्त्रीलाई नेपालको भूमी अरु कुनै विदेशीलाई दिने हक दिएको छैन । उहाँले के आधारमा वंगलादेशको बाटोको कुरा गर्नुभयो ? १९९७ मा आइके गुजराल आएका बेला नै त्यो बाटो हामीले पाएका छौं । यो कुनै नयाँ कुरा होइन । हामी कुनै जग्गा सट्टा भर्ना गर्ने शर्तमा राष्ट्रियता बन्धक राख्न सक्दैनौ । वेच्न सक्दैनौ’, भट्टराईले प्रधानमन्त्रीको जवाफ मागे । उनले नेपाल सबै देशसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने भन्दै जुनसुकै लम्पसारवाद विरुद्ध एमाले र संसद उभिने प्रस्ट पारे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका