Thu May 26 2022
मुख्य खबर

दोस्रो कार्यकालका लागि आज पदबहाली गर्दै एमाले अध्यक्ष ओली

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली आज शुक्रबार पदबहाली गर्दैछन् ।

चितवनमा सम्पन्न १०औँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका ओलीले आज पदबहाली गर्न लागेका एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

उनकाअनुसार ओली आज दिउँसो १ बजे थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

भीम रावललाई पराजित गरी ओली दोस्रो पटक एमाले अध्यक्षमा निर्वाचित भएका थिए ।