जोडिनुहोस
  • होमपेज
  • तोलामा ९०० रुपैयाँले बढ्यो सुनको मूल्य

तोलामा ९०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको जनाएको छ । महासङ्घले आजको मूल्यसूची तय गर्दै हिजोको तुलनामा ९०० रुपैयाँले मूल्य बढेको जानकारी दिएको हो ।

मूल्य बढेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ । हिजो सोमबार १ लाख ११ हजार ६०० र तेजाबी सुनको मूल्य १ लाख ११ हजार ५०० रुपैयाँ तोकिएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँ कायम भएको छ । यससँगै महासंघका अनुसार चाँदीको मूल्य तोलामा १४ सय २० रुपैयाँ कायम छ । हिजो यसको मूल्य तोलामा १४ सय १५ रुपैयाँ तोकिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका