जोडिनुहोस
  • होमपेज
  • नवलपरासीको प्रतापपुरमा दम्पतीको हत्या

नवलपरासीको प्रतापपुरमा दम्पतीको हत्या

बुटवल । नवलपरासी पश्चिममा एक दम्पतीको हत्या भएको छ । जिल्लाको प्रतापपुर गाउँपालिका– ८ पथलहनी बस्ने ५५ वर्षका तिलकराम भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालका अनुसार भेडिहार दम्पतीको सोमबार राति उनीहरु बसोबास गर्दै आएको गोठमा हत्या भएको हो ।

उनीहरुको टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या भएको सिलवालले बताए । पथलहनीको बैरिहवामा घर भएका उनीहरु गाइवस्तुको रेखदेख गर्न गोठमा सुत्न गएका थिए । दम्पतीको हत्यामा संलग्नको पहिचान हुन बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका